रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट रौतहटमा ६ वर्षको बालकको मृत्यु भएको छ।
स्थानीयवासीले बताएका छन् कि दुर्घटनापछि आलम र गाडी चालक फरार भएका थिए। ठक्कर दिएको भनिएको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
सगिर आलम रौतहट–२ बाट उम्मेदवार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
स्थानीयवासीले सडक सुरक्षा र बढ्दो दुर्घटना जोखिमप्रति ध्यान दिन आग्रह गरेका छन्।
स्रोत: डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1

















