हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

रौतहटमा रुबीकुमारी साहको हत्या प्रकरणमा युवक पक्राउ

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ मुडबलवाकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, पक्राउ पर्नेमा माधव नारायण नगरपालिका–६ निवासी लक्ष्मण पासवान रहेका छन्। बुधबार बिहान आफ्नै घर नजिकै माधोपुरस्थित नहरको बाटोमा उनलाई जिउमा आगो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा पक्राउ परेका पासवानलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

Advertisement

गत शनिबार राति गौर नगरपालिका–९ स्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसभित्र रुबी साहको शव फेला परेको थियो। प्रहरीले अनुसन्धान क्रममा पासवानले शव फाल्नका लागि रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा सवारी बिग्रिएपछि शव त्यहीँ छाडेर फरार भएको जनाएको छ।

यसअघि शव फाल्न प्रयोग भएको ई–रिक्साका चालक लक्ष्मण महरा प्रहरी नियन्त्रणमा भइसकेका छन्।

डीएसपी राजु कार्कीका अनुसार, हालै मलेसियाबाट फर्किएका पासवानलाई पक्राउ गरेसँगै घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)