हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

रौतहटमा २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु

रौतहटमा २६ वर्षीया रूबीकुमारी साहको हत्या गरेको अभियोगमा संलग्न लक्ष्मण पासवानको पनि मृत्यु भएको छ।

Advertisement

जिल्ला प्रहरीका अनुसार बुधबार बिहान पासवानलाई बिसुनपरवा–मानपुर सडकखण्डमा शरीरमा आगो लगाएर गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो। उनलाई तत्कालै उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो।

Advertisement

तर, उपचारकै क्रममा बुधबार साँझ करिब ६ बजे पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पुष्टि गरेका छन्।

गत शनिबार राति गौर नगरपालिका–९ मा रहेको मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोलेर हेर्दा माधवनारायण नगरपालिका–६ माधवपुरकी २६ वर्षीया रूबीकुमारी साहको शव भेटिएको थियो।

हत्या प्रकरणमा संलग्न ठहरिएका लक्ष्मण पासवानको जलेको अवस्थामा भेटिएको भिडियोसमेत सार्वजनिक भएको थियो। उक्त भिडियोमा उनले रूबीकुमारी साहको हत्या आफूले नै गरेको स्वीकार गरेका थिए।

प्रहरीका अनुसार शरीरका विभिन्न भाग जले पनि पासवान बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए। तर गम्भीर चोटका कारण उनको ज्यान बचाउन सकिएन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)