हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लकडाउन उलंघन गरेको आरोपमा राजीनामा माग

कमला भट्रराई भद्रपुर / नेपालमा लकडाउन लामो भएकोले खुकुलो गर्ने माग सामाजिक सञ्जालमा बढेको पाइन्छ । विश्वको सम्पन्न र विकसीत मुलुकमा भने लकडाउन उल्लंघन गरेको आरोप लगाउँदै उच्च ओहदामा रहेको व्यक्ति संग पदबाट राजिनामा मागिएको छ ।

Advertisement

बीबीसीले दिएको समाचार अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्स कोरोना भाइरसका लक्षणहरु देखिएपछि लकडाउनको समयमा समेत सयौं किलोमिटरको यात्रा गरेको भन्दै राजिनामा दिनुपर्ने माग गरिएको हो । स्कटिश नेशनल पार्टीका वेस्टमिनिस्टर नेता इयान ब्ल्याकफोर्डले क्यूमिङ्सले राजिनामा दिनुपर्ने वा प्रधानमन्त्री बोरिस जोनसनले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।

Advertisement

उनले यो नेतृत्वको परीक्षा भएको बताए । लिबरल डेमोक्रेट्सका कार्यवाहक नेता एड डेभीले पनि डोमिनिक क्यूमिङ्सले लकडाउनका प्रतिबन्धहरु तोडेको भए राजीनामा दिनुपर्ने भनाइ राखेका छन् । प्रधानमन्त्रीको कार्यालयले भने शुक्रबार रातमा यस विषयमा कुनै टिप्पणी दिन अस्वीकार गरेको बिबिसीले जनाएको छ ।

द मिरर र गार्जियनमा प्रकाशित समाचार अनुसार कमिङसँग डरहम प्रहरीले भेट गरिसकेको छ । कोरोना भाइरस महामारी फैलिएपछि बेलायती सरकारले मार्च ३१ गते त्यहाँका जनताहरु लाई घरमै बस्न सल्लाह दिएका थिए । अनावश्यक कामकाज बाहेक हिँड्डुल गर्न देशभर अझै प्रतिबन्ध लगाइराखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा मात्र संक्रमित संख्या २ लाख ५४ हजार बढी छ भने संक्रमणका कारण हालसम्म ३६ हजार ३ सय ९६ जनाको ज्यान गइसकेको छ । तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्स कोरोना भाइरसका लक्षणहरु देखिएपछि लकडाउनको समयमा लन्डनबाट आफ्ना आमा बाबुको डरहम काउन्टी स्थित घर पुगेका हुन् ।

प्रधानमन्त्रीका मुख्य सहयोगीले बिबिसीलाई बताए अनुसार क्यूमिङ्स र उनकी श्रीमती आफ्नो आमाबाबुको घर आइसोलेसनका लागि गएका थिए । श्रोतले भने क्यूमिङ्सले लकडाउनका प्रावधानहरू नतोडेको दाबी गरेको समाचारमा जनाइएको छ । उनको भनाई छ ’क्यूमिङ्स र उनका श्रीमती छुट्टा(छुट्टै भवनमा बसेका थिए ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)