समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

वजन घटाउन साकाहारी खानाको सेवन प्रभावकारी

वजन घटाउन सागपातजन्य तथा वनस्पतिमा आधारित खानालाई प्रभावकारी उपाय मानिएको छ। विभिन्न अध्ययनहरूले सन्तुलित साकाहारी आहारले तौल नियन्त्रणमा सहयोग पुर्‍याउने निष्कर्ष निकालेका छन्। यस्ता खानेकुराले शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्ने तथा चयापचय शक्ति (मेटाबोलिज्म) बढाउने बताइएको छ।
अन्न र फलफूलको सेवन किन आवश्यक?

विशेषज्ञहरूका अनुसार मासु, अत्यधिक मिठाई तथा धेरै तेलयुक्त परिकारले तौल बढाउने सम्भावना उच्च हुन्छ। त्यसैले कुन प्रकारको खाना कति मात्रामा खाने भन्ने ज्ञान आवश्यक हुन्छ। सन्तुलित आहारको अभावले मोटोपन बढ्ने उनीहरूको भनाइ छ।

विज्ञापन (Advertisement)Advertisement

सागपात, अन्न तथा फलफूलको उचित संयोजनले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै तौल नियन्त्रणमा मद्दत गर्छ। विशेषगरी चिल्लो पदार्थको सेवन घटाउँदा तौल कम गर्न सहज हुने बताइन्छ।

विउजन्य खानेकुराको फाइदा

ओखर, बदाम, विभिन्न गेडागुडी, धान, जौं, गहुँ, फापर, कोदो जस्ता अन्न तथा फलफूल स्वास्थ्यका लागि लाभदायक मानिन्छन्। तरकारीमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रणाली सुदृढ हुन्छ। ब्रोकाउलीलाई मस्तिष्क स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

फलफूलमा पाइने एन्टिअक्सिडेन्ट तथा प्राकृतिक अम्लहरूले शरीरलाई विभिन्न रोगबाट जोगाउन सहयोग पुर्‍याउँछन्। विउजन्य खाद्यपदार्थमा भिटामिन बी, कपर र म्याग्नेसियमजस्ता खनिज तत्व पाइने बताइन्छ।

जंक फुडबाट टाढा रहनु जरुरी
धेरै प्रशोधन गरिएका, अत्यधिक चिनी, नून र चिल्लो पदार्थ मिसिएका खानेकुरालाई जंक फुड भनिन्छ। यस्ता खानेकुरामा क्यालोरी उच्च भए पनि पौष्टिक तत्व न्यून हुन्छ। पाउरोटी, कार्बोनेटेड पेय पदार्थ, अत्यधिक प्रशोधित दुग्धजन्य परिकार, चाउचाउ, प्याकेट सुप आदिको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
वनस्पतिमा आधारित सन्तुलित आहार मधुमेहका बिरामीहरूका लागि पनि लाभदायक मानिन्छ।
(स्रोत: मेडिकल न्यूज टुडे)

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)