हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

वर्षाको कहर: मेचिनगरमा गिरी परिवारको घर भत्कियो, जीवन भने जोगियो

झापा, २०८२ श्रवण १८ गते । आज दिउँसो करिब अं. १३:४५ बजेको समयमा भएको अबिरल वर्षाका कारण झापा जिल्लाको मेचिनगर नगरपालिका–६, पिङकिठ्याकमा बसोबास गर्दै आएका ज्ञान बहादुर गिरीको एक तले जस्ताको छाना भएको भान्साघर र पर्खाल पूर्ण रूपमा भत्किएको छ।

Advertisement

प्राकृतिक विपत्तिका कारण घरको संरचनामा ठूलो क्षति पुगेको भए तापनि मानवीय वा चौपाया क्षति भने नभएको जनाइएको छ। प्रभावित परिवारका अनुसार भान्साघर र पर्खाल पूर्ण रूपमा भत्किएपछि करिब रु. २०,००,०००।– (बीस लाख रुपैयाँ) बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

Advertisement

संबन्धित स्थानीय निकाय तथा प्रहरी प्रशासन घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ। अबिरल वर्षाले अझै जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)