हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

विद्युतीय मेसिन प्रयोग गरी घाँस काट्दा करेन्ट लागेर एक दम्पतीको मृत्यु

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार बिहान १०:४५ बजे आफ्नै घरमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको ज्यान गएको हो।

Advertisement

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार आचार्य दम्पतीले विद्युतीय मेसिन प्रयोग गरी घाँस काट्दै गर्दा अचानक मेसिनको तारबाट करेन्ट प्रवाह भएको थियो। त्यस क्रममा दुवै जना गम्भीर घाइते भएका थिए।

Advertisement

घाइते अवस्थामा तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याइए पनि उपचारको क्रममा बिहान ११:१५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)