काठमाडौं स् नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाले भारतले नेपाली भूमि मिचेकोमा विरोध जनाउँदै राष्ट्रिय स्वाधीनताको संघर्ष शुरु गर्ने चेतावनी दिएको छ । चन्द समूहको अन्तर्राष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोलाले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा भारतले बाटो बनाउँदा समेत चुपचाप बसेको भन्दै विरोध जनाएका हुन् ।

भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको भन्दै बाँस्तोलाले नेपाललाई पराधीन बनाउन लागेको सरकार अन्त्यका लागि उठ्न आह्वान समेत गरेका छन् ।चन्द समूहले नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्रसंघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हमलामा ध्यान पुर्‍याउन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार