समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

विराटनगरमा मोटरसाइकल दुर्घटना, नेपाल प्रहरीका सइको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका एक सइ (प्रहरी नायब निरीक्षक) को मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक लीलाराज लामिछानेका अनुसार नेपाल प्रहरीका ४० वर्षीय सइ मीनबहादुर बोहोराको दुर्घटनामा मृत्यु भएको हो। उनी कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीमा कार्यरत थिए।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीका अनुसार बोहोराले चलाएको मोटरसाइकल बुधबार बिहान करिब ७:३५ बजे विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोक नजिक दुर्घटनामा परेको हो। राजवंशी चोकबाट भित्री सडक हुँदै नोबेल शिक्षण अस्पतालतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहोरालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवलाई परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र नोबेल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते बस्नेत मृतक बोहोराका आफन्त हुनसक्ने प्रहरीको अनुमान छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)