हेमन्त मैनाली / हल्दिवारी – १८ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । कोरोनाकै कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ९ सय १८ पुगेको छ भने संक्रमितको संख्या ६१ लाख ५६ हजार ४ सय २८ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २७ लाख ३४ हजार ७ सय ७८ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १८ लाख १६ हजार ८ सय २० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ५ लाख ३५ हजार २ सय ३८ जना निको भइसकेका छन् ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ७ सय ६४ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ९९ हजार ९ सय ६६ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ३ सय ४० पुगेको छ भने संक्रमितको संख्या २ लाख ३२ हजार ६ सय ६४पुगेको छ ।

















