अर्घाखाँची । अर्घाखाँचीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी शव भान्छा कोठामा पुतेका छन्। छत्रदेव गाउँपालिका–४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङले आफ्नी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सोमबार राति घटना भएको भन्ने सूचनापछि प्रहरी चौकी वल्कोटबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा घरको भान्छा कोठामा खाडल खनेर गाडिएको अवस्थामा सुनिताको शव फेला पारेको हो।

घटनापछि प्रहरीले तत्काल किरण गुरूङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। हत्या किन र कसरी भयो भन्नेबारे विस्तृत विवरण खुल्न बाँकी छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।