समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

संखुवासभाको खाँदबारीमा ट्याक्टर दुर्घटना: उपचारका क्रममा एक बालकको मृत्यु, २ गम्भीर घाइते

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ९ स्थित तुम्लिङटारमा भएको ट्याक्टर दुर्घटनामा परी एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय मनिष कुमाल रहेका छन् ।

​शनिबार भएको सो दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । दुर्घटनामा अन्य दुई बालक समेत गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ ।

विज्ञापन (Advertisement)Advertisement

​प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । दुर्घटना लगत्तै चालक सुसान लिम्बू भने फरार भएका छन् । फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्बिर सुजन बज्राचार्य

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)