हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् । बिहीबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन् ।

Advertisement

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग ७० करोडको कमिसनका लागि मन्त्री बाँस्कोटाले मोलतोल गरेको भनिएको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए ।

Advertisement

कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख सापकोटाले भने, ‘मलाई अनौपचारिक रुपमा आएको जानकारीअनुसार मन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नु भएको छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)