समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

सम्झौता पूरा नगर्ने २५ निर्माण कम्पनीसँग ठेक्का तोडियो

काठमाडौं। सरकारले सम्झौता अनुसार समयमै काम पूरा नगर्ने २५ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। सडक डिभिजन काठमाडौं अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले उक्त जानकारी दिएको हो।

विज्ञापन (Advertisement)Advertisement

कार्यालयका अनुसार पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीहरूले निर्धारित अवधिमा काम पूरा नगरेको कारण ठेक्का रद्द गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायहरूलाई निर्देशन दिएका थिए।

यसअघि सडक डिभिजन कार्यालय काठमाडौंले कात्तिक ११ गते सम्बन्धित २५ निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने बारे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण पर्याप्त नहुँदा आज आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्मका सम्झौता रद्द गरिएको हो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)