हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सरकार नछाडेसम्म समाजवादीसँंग एकता हुँदैन:  राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले  सरकार न छोडसम्म समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले देशमा पहिचानवादी शक्तिबीच एकताको आवश्यकता रहेको बताए ।

Advertisement

संयोजक महतोले भने, “पहिचानवादी शक्तिबीचको एकताको आवश्यकता महसुस गरेर आफूहरु समाजवादी पार्टीसँग एकताको प्रयास गरेको र सो पार्टी जबसम्म सरकारबाट बाहिर निस्कँदैन तबसम्म एकता सम्भव हुँदैन ।”

Advertisement

अहिले देशमा राष्ट्रिय आन्दोलनको आवश्यकता भएकाले सबै पहिचानवादी शक्ति एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले समाजवादी पार्टी सरकारबाट बाहिरिए राजपा सरकारमा जाने त्रासका कारण उपेन्द्र यादवले मन्त्री पद नछोडेको आरोप लगाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)