झापा, हल्दिबारी । झापाको हल्दिबारी–२ स्थित श्री नव सृजना आधारभूत विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिर निर्माण कार्यमा सहयोग पुर्‍याउने दाताहरूको नामावली सार्वजनिक गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति, मन्दिर निर्माण समिति, पूर्व विद्यार्थी तथा शिक्षा–प्रेमी महानुभावहरूको पहलमा मन्दिर निर्माण कार्य सम्पन्न भएको विद्यालयले जनाएको छ । वसन्त पञ्चमीको अवसरमा सम्पन्न समुद्घाटन कार्यक्रममा मन्दिर निर्माणमा योगदान दिने दाता तथा सहयोगीहरूलाई सम्मानसमेत गरिएको थियो ।

विद्यालयका अनुसार सरस्वती मन्दिर निर्माणमा निम्न महानुभावहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको छः
मूर्ति दातामा खगेन्द्रप्रसाद मैनाली तथा उनकी धर्मपत्नी मन्दिरा मैनाली (बिर्तामोड–४) रहेका छन् ।

जग्गा दान गर्नेहरूमा होमनाथ दाहाल तथा तुलसा दाहाल (१० धुर), गोपाल दाहाल तथा तारा दाहाल (८.५ धुर), नरेन्द्र माक्रिहाङ्ग राई तथा सङ्गिता फत्र (४ धुर) रहेका छन् ।
अक्षयकोष स्थापनामा नरपति (रामप्रसाद) उप्रेती तथा द्रौपदा उप्रेतीबाट ५१ हजार ५५५ रुपैयाँ, कौशी हाङ्गछेन राई स्मृति प्रतिष्ठानबाट १ लाख रुपैयाँ तथा चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठानबाट ३ लाख रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

यसैगरी छात्रवृत्ति अक्षयकोषतर्फ धनराज माङयुङबाट १ लाख ८ हजार रुपैयाँ बराबरको डम्बरबहादुर माङयुङ स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ ।
संरचनागत सहयोगअन्तर्गत विद्यालय प्रवेशद्वार निर्माणका लागि भगवतीप्रसाद बेगाबाट सहयोग प्रदान गरिएको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक भीम दाहालले सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार मन्दिर निर्माणका लागि कुल ४ लाख ७६ हजार ८९ रुपैयाँ आम्दानी भएकोमा ३ लाख ९८ हजार ४६६ रुपैयाँ खर्च भएको छ । बाँकी ७७ हजार ६२३ रुपैयाँ बचत रहेको छ ।

विद्यालय परिवारले सरस्वती मन्दिर निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दातागण, सहयोगी हातहरू तथा सहभागीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार