समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

सर्लाहीमा एक पुरुषद्वारा आत्मदाहको प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ ।सर्लाहीको गोडैता नगरपालिकामा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

​जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो करिब २:३० बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनले आफ्नो घरभन्दा झण्डै २०० मिटर पूर्व दिशामा पुगेर सो कदम चालेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

​घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको टोलीले उनको उद्धार गरी प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए। त्यहाँ सामान्य उपचार गरिए पनि उनको अवस्था गम्भीर रहेकाले थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

​जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनले के-कति कारणले यस्तो चरम कदम चाले भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

सांकेतिक तस्बिर

​यसअघि बिहीबार मात्रै काठमाडौँमा गणेश नेपालीले आत्मदाह गरेका थिए, जसको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। उक्त घटनाको भोलिपल्ट नै सर्लाहीमा यो अर्को दुःखद घटना सार्वजनिक भएको हो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)