झापा—पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोम माइ पुल नजिक सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पुस २९ गते राति करिब ८:३० बजे तत्काल नम्बर नखुलेको सेतो कारले विपरीत दिशाबाट आउँदै गरेको बा.ए.ए.बी. ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ का ३५ वर्षीय कमल पराजुली गम्भीर घाइते भएका थिए।
घाइते पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा राति ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनापछि ठक्कर दिने सवारी साधन फरार रहेको र त्यसको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















