हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सामाजिक दुरीमा तरुणको जोड

 संगम बिष्ट , चतरा l लकडाउनको कष्टपूर्ण स्थितिमा कोरोना भाइरस संक्रमणको समना गर्दै आएका बराहक्षेत्रका नगरबासीहरुमा तरुण दल नगर समितिले रोग र भोक संग लड्दै सबैले सामाजिक दुरी कायम राख्नु पर्ने कुरालाई नबिर्सन आग्रह गरेको छ ।

Advertisement

शुक्रवार नेपाल प्रेस युनियन नगर समिति संग आयोजित छलफल पछि नेपाल तरुण दल नगर समिति व्दारा विज्ञप्ती मार्फत नगरबासीहरुमा सामाजिक दुरी कायम राख्न आग्रह गरेको हो । लकडाउन लामो समयमा अवधी सम्म लम्विदै गएको अवस्थामा नगरवासीलाइ कसरी रोग र भोकबाट बचाउनका लागि तरुण दलले के कस्तो कार्यक्रम गर्न सक्छ भन्ने विषयमा छलफल आयोजना भएको हो ।

Advertisement

सोही अवसरमा तरुण दल बराहक्षेत्र नगर सभापति पवन चाम्लिङ तथा सचिब मनोज तामाङ्ग व्दारा जारी विज्ञप्तीमा भनिएको छ, महामारीको जोखिमपूर्ण अवस्थामा सजग रही आफै सुरक्षित भई बस्नुको कुनै विकल्प नभएको हुनाले यस समयमा आआफ्नो घरमा सुरक्षित रहनु पहिलो आवश्यकता बनेको छ ।

साथै सधै झै बेला बेलामा साबुन पालिने हात धुने समय समयमा घर आंगन सरसफाइ गर्नका लागि पनि ध्यनाकर्षण गराउँदै बराहक्षेत्र नगर पालिकाको ११ वटा वडा स्थित तरुण दलका कार्यसमितीका तरुण अगुवाहरुमा स्थानीयबासीहरुको बिपत्तिमा हातेमालो गरि सहयोग गर्न आग्रह गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)