हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सिड्नीमा बृहत रक्तदान कार्यक्रम हुने

आफ्नो स्थापनाकाल देखि नै बिभिन्न परोपकारी एवं सामाजिक कार्य गर्द आएको रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाले सिड्नीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

Advertisement

रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाले ूसेवा नै धर्म हो, रक्तदान जीवनदानू भन्ने नाराका साथ आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सिड्नीको लाईफ ब्लड हन्टर सिट्रीट डोनर सेन्टरमा आयोजना गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान १० बजेदेखि संचालन हुने जनाएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अष्ट्रेलिया स्थित भगिनी संस्था नेपाली रक्तदाता संघ अष्ट्रेलिया संगको सहकार्यमा १९ मार्च शनिबार का दिन रक्तदान कार्यक्रमको आयोजना हुन लागेकोले रक्तदाताहरु उत्साहित रहेको कार्यक्रम संयोजक रबी केसीले बताए ।

रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाका अध्यक्ष तथा नेपाली रक्तदाता संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ती राम पोखरेलले १९ मार्चमा आयोजना हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलिया, नेपाली रक्तदाता संघ अष्ट्रेलिया र सिड्नीमा बसोबास गर्ने सम्पूर्ण रक्तदाताहरुलाई सहभागी भई रक्तदान गरी सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाली रक्तदाता संघ अष्ट्रेलियाले रक्तदान सम्बन्धी बिभिन्न संघ(संस्थाहरु सँग सहकार्य गरी काम गर्दै आईरहेको र यस पटक रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलिया सँग सहकार्य गर्दै रक्तदान कार्यक्रम गर्न पाउदा आफुहरु खुशी र उत्साहित रहेको र आगामी दिनहरुमा पनि यस्तै खालका कार्यक्रमहरु गर्दै जाने नेपाली रक्तदाता संघ अष्ट्रेलियाका अध्यक्ष भुपाल सिटौलाले जनाए ।

रक्तदान गर्न इच्छुक रक्तदाताहरुले १६ मार्च १२० बजे सम्म आफ्नो नाम, सम्पर्क नम्बर, इमेल साथै आफुले दान गर्ने रगतको प्रकार ९होल ब्लड अथवा प्लाज्मा० निम्न सम्पर्क नम्बरहरुमा दर्ता गराउनु पर्नेछ । मुक्ती राम पोखरेल – ०४१५६७७१६१, रबी केसि – ०४५०७१७११६, राजन खड्का – ०४१०७२८४०० र दिल खड्का- ०४५०७५०७८९

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)