हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सुजाताको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

हल्दिबारी , १८ जेठ । पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् ।

Advertisement

आज दिल्लीमा उनले चौथाइवालेसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्धबारे कुराकानी गरेको बुझिएको छ ।भेटमा चौथाइवालेले नेपालको विकसित राजनीतिक घटनाबारे चासो राखेको बुझिएको छ ।

Advertisement

कोइरालाले नेपालको हरेक परिवर्तन देखि विकासमा भारतको सहयोग रहँदै आएको र भविष्यमा पनि रहने विश्वास व्यक्त गरिन् । उनले नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध सुदृढ बन्दै गएकोमा खुशी व्यक्त गरेको बुझिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)