हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सेनाको कब्जामा म्यानमार, सङ्कटकालको घोषणा

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l म्यानमारलाई त्यहाँको सेनाले आफ्नो कब्जामा लिएको छ । कब्जामा लिँदै मुलुकमा सैनिक शासन लागू भएको पुष्टि गरेर सेनाले सङ्कटकालको घोषणा गरेको छ ।

Advertisement

प्रजातन्त्रवादी नेतृ आङसाङ सूकी लगायतका नेताहरूलाई पक्राउ गरेर सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । सुकीसहितलाई गिरफ्तार गरेर हिरासतमा लिएको केही घण्टामै सेनाले म्यानमार आफ्नो कब्जामा रहेको पुष्टि गरेर एक वर्षका लागि सङ्कटकाल लगाएको हो । नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर बाहिर आएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको छ ।

Advertisement

गत नोभेम्बर महिनामा भएको चुनावमा सूकीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै निर्वाचनबाट प्राप्त मतपरिणाम अस्वीकार गरिरहेको छ । उसले अहिलेसम्म सरकार गठन गर्न दिएको थिएन । सूकीको बहुमत आएको चुनाव परिणाम सेना समर्थित दलले नमान्ने घोषणा गरिसकेको छ ।

नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक पहिलो पटक आज (सोमबार) बस्ने र नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने योजना थियो। तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको बीबीसीले जनाएको छ ।बैठक स्थगित हुने सम्भावना नदेखेपछि म्यानमारलाई सेनाले आफ्नो कब्जामा लिँदै सुकीसहितका नेतालाई हिरासतमा राखेर सङ्कटकाल लगाएको हो । बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)