हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सैनिकले भद्रपुर लाई जित्दै अन्तिम चारमा प्रवेश

ढडुवा एफसी हल्दिबारी गाउँपालिकाको आयोजनामा भइ रहेको प्रथम ढडुवा गलाउ मेचे स्मृति कप नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा भद्रपुरको विशालपुर एफसीमाथि सैनिकले जित निकाल्न सफल भएको छ ।

Advertisement

यो सगै सैनिकले आफ्नो स्थान अन्तिम चारमा पक्का गरिसकेको छ।

Advertisement

प्रतिस्पर्धात्मक खेलमा सैनिकका लागि समिर गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको १०औँ मिनेटमा समिरले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सैनिकका उत्सव राई बन्न सफल भए ।

सो प्रतियोगितामा मंगलबार आयोजकको बी टिम सँग गोलधाप एफसी हल्दिबारीले अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

स्व गलाउ मेचेको पत्नी चन्द्रा माया मेचेको सभाअध्यक्षतामा चलिरहेको कार्यक्रममा आज प्रमुख अतिथी हल्दिबारी-४ का वडा अध्यक्ष सन्तकुमार थापा मगर रहेका थिए भन्ने कार्यक्रमको संचालन एवम सहजीकरण अभिषेक खतिवडाले गरिरहेका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)