हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी एमालेको नेतृत्व लिन तयार हुँदै शैलेन्द्र

हल्दिबारी, जेठ १० । नेकपा एमाले हल्दिवारीको दोस्रो गाउँ अधिवेशनमा शैलेन्द्र सिटौलाले अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

Advertisement

साविक जलथलका सिटौला युवा बिच लोकप्रिय भएकै कारण जितको सुनिश्चित हुने आधार लिएर अध्यक्षमा उम्मेद्बारी दिने बताएका हुन् ।

Advertisement

नेकपा एमाले वडा कमिटी ४ का अध्यक्ष समेत रहेका सिटौलालाई एउटा कुशल संगठन कर्ताको रूपमा हेर्ने गरिन्छ ।जलथल भूगोलमा निकै लोकप्रिय रहेका सिटौला सामाजिक गतिविधि देखि राजनैतिक बहसमा समेत खरो उत्रिने भएकोले समेत उनको उम्मेद्वारी अन्य आकाँक्षीका लागि भारी पर्ने निश्चिति छ ।

हल्दिवारीमा एमाले बिचको गुटबन्दीको घेराबन्दीलाई तोडेर नेतृत्व लिन सिटौलाले निकै मिहिनेत गर्नु पर्ने हुन्छ । एमालेको पकेट क्षेत्रको रुपमा रहेको साविक हल्दिवारी , गोलधाप र जलथल आपसी मतभेद र गुटबन्दीका कारण छियाछिया भएको अवस्थामा २०८४ को निर्वाचनलाई केन्द्र बनाएर मतभेद हटाउदै सर्वसम्मत गाउँ कमिटी बनाउनु पर्ने एमाले शुभ चिन्तकहरुको भनाई रहेको छ ।

यहि जेठ १२ र १३ गते सम्पन्न हुने दोस्रो अधिबेशनमा केन्द्रदेखिको हस्तक्षेप भएन भने को को नेतृत्वको लागी अगाडि बड्ने हुन् निर्वाचन परिणाम समय परिस्थिति भन्दा बेग्ले हुने निश्चित देखिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)