समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हल्दिबारी जेसीजद्वारा तारा नमस्ते बालग्राममा खाद्यान्न वितरण

हल्दिबारी– हल्दिबारी जेसीजले स्थापना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा अभिभावकविहीन बालबालिकालाई खाद्य सामग्री वितरण गरेको छ।

कार्यक्रममा आश्रित बालबालिकालाई खाद्यान्न सामाग्री प्रदान गर्नुका साथै उनीहरूसँगै केक काटेर खुसी साटासाट गरिएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा हल्दिबारी जेसीजका अध्यक्ष नितिश खरेलले जानकारी दिँदै भने, “बालबालिकालाई सानो सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ। यस्ता मानवीय कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ।”

विज्ञापन (Advertisement)Advertisement

संस्थाले समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र सहयोगका लागि यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण रहेको पनि जनाएको छ।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)