समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

हल्दिबारी र बाह्रदशीका पत्रकारहरूको साझा मञ्च ‘ग्रामीण प्रेस क्लब झापा’ विधिवत दर्ता

हल्दीबारी, झापा । झापाका ग्रामीण क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था ‘ग्रामीण प्रेस क्लब झापा’ जिल्ला प्रशासन कार्यालय झापामा विधिवत रूपमा दर्ता भएको छ। श्रमजीवी पत्रकारहरूको हक अधिकारको रक्षा, पेसागत सुरक्षा र आम सञ्चार क्षेत्रको चौतर्फी विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो संस्था स्थापना गरिएको हो। झापाका दुई छिमेकी गाउँपालिका हल्दीबारी र बाह्रदशीका सञ्चारकर्मीहरू यस संस्थामा आबद्ध रहेका छन् भने यसको मुख्य कार्यालय हल्दीबारी गाउँपालिका वडा नं. ४ स्थित मंगलबारे बजारमा रहनेछ।

संस्थाको नेतृत्व नेत्रविक्रम विमलीले सम्हाल्नुभएको छ। उहाँको अध्यक्षतामा गठन गरिएको ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष पितम कुमार धमला, महासचिव हैकम राज घिसिङ, सचिव मनोज तिवारी र कोषाध्यक्ष शान्ता उप्रेती चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा टीकाराम बास्तोला, राजेश आचार्य, असफाक आलम, जनकलाल राजवंशी, आशिष राई र अभिषेक खतिवडा रहनुभएको छ। समितिका पदाधिकारी तथा सदस्यहरू सञ्चारकर्मका सक्रिय रहँदै आउनुभएको छ।

विज्ञापन (Advertisement)Advertisement

नयाँ दर्ता भएको यस क्लबले ग्रामीण क्षेत्रको सञ्चार जगतलाई थप मर्यादित र व्यवस्थित बनाउन भूमिका खेल्ने विश्वास लिइएको छ। विशेष गरी मोफसलमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको क्षमता विकास र उनीहरूको पेसागत समस्या समाधानका लागि संस्थाले आगामी दिनमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। हल्दीबारी र बाह्रदशी क्षेत्रका पत्रकारहरू एउटै मञ्चमा संगठित भएसँगै यस क्षेत्रको सामाजिक तथा भौतिक विकासका मुद्दानहरूलाई अझ सशक्त रूपमा उठान गरिने क्लबका अध्यक्ष विमलीले बताउनुभयो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)