झापा, हल्दिबारी — चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको आयोजनामा हल्दिबारी गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
‘रक्तदान–जीवनदान’ भन्ने उद्देश्यसहित शनिबार आयोजित कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा ५ महिला र ३९ पुरुष सहभागी थिए।

ग्रामीण प्रेस क्लब झापा, राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखा, चिल्ड्रेन गार्डेन स्टुडेन्ट्स क्रिएटिभ फोरम, ढडुवा युवा क्लब, झापा ब्लड डोनर सोसाइटी र एफएसएमई नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र झापाले गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले युवाहरूको सक्रियताको प्रशंसा गर्दै यस्ता गतिविधिले सामाजिक सद्भाव बलियो बनाउने बताए।

कार्यक्रममा हल्दिबारी डटकमका प्रधान सम्पादक नेत्र विक्रम बिमलीले १२१औँ पटक रक्तदान गरेका थिए। प्रिन्सिपल दुर्गामणी गौतमको स्वागत मन्तव्यबाट सुरु कार्यक्रमको अध्यक्षता पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले गरेका थिए भने सञ्चालन सचिव टिकाराम ढकालले गरेका थिए।

रक्तदाताको नामावली: असिम मैनाली, गोमा गिरी, नेत्र विक्रम विमली, आशिष राई, कमल प्रसाद पौडेल, पंकज आचार्य, प्रल्हाद सिलवाल, हरिकृष्ण अधिकारी, नबिन कुमार भट्टराई, मान बहादुर कार्की, चिरन ढुङ्गेल, पुरुषोत्तम नेपाल, कुशब राज मैनाली, नरेन्द्र प्रसाद मैनाली, सूर्य बहादुर श्रेष्ठ, नन्दलाल ढकाल, रोशन काफ्ले, शान्त कुमार भट्टराई, अर्जुन दाहाल, उदय राजवंशी, दीपक राज मैनाली, अभिषेक शाह, कुमार नेम्बाङ, चुडामणि कडेल, विरेन पराजुली, सन्देश खत्री, कीर्ति निधि विष्ट, शेर बहादुर दाहाल, आयुष मेचे, अर्जुन भट्टराई, अमन मैनाली, कमला भट्टराई, मन कुमार शर्मा, शैलेन्द्र सिटौला, सुमन महत, खिबराज भट्टराई, समीक्षा गड्तौला, नर बहादुर तामाङ, मनोज सुवेदी, दुर्गामणी गौतम, अभिषेक खतिवडा, भगिरथा दाहाल, तारा प्रसाद दंगाल र पूजा रेग्मी।
पूर्व विद्यार्थीहरूले विद्यालयस्तरमा आर्जन गरेको संस्कारलाई समाजसेवामा रूपान्तरण गर्दै आयोजना गरेको कार्यक्रमलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार