समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

हल्दिवारी एफसी सन्थाल गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकप फुटबल प्रतियोगितामा हल्दिवारी एफसी फाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा हल्दिवारी एफसीले हात्तीमारा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको हल्दिवारीले विपक्षी टोलीलाई दबाबमा राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
हल्दिवारीका लागि शेखर मर्डी एक्लैले ह्याट्रिक गर्दै टोलीको जित सुनिश्चित गरे। उनले खेलको ३६औं, ४७औं र ५६औं मिनेटमा गोल गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए। उत्कृष्ट प्रदर्शनका लागि मर्डी ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १५ सय रुपैयाँ प्राप्त गरे।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ को आयोजनामा भइरहेको प्रतियोगितामा बिर्तामोड नगरपालिका मुख्य संरक्षकका रूपमा रहेको छ भने भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजक रहेका छन्।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ।
यसैबीच, बिहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाज र पश्चिम बंगालको बान्चाभिट्टा सिर्जन क्लबबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक टिका हस्दाले जानकारी दिएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)