हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाउँपालिका २ र ४ मा राहत वितरण शुरु

 हल्दिवारी गाउँपालिकाले राहत वितरण शुरु गरेको छ। गाउँपालिकाले वडावाट संकलन भएर आएका अति विपन्न ,विपन्न तथा ज्याला मजदुरी गर्दै आएका करिब १७ सय घर धुरिलाई चामल ,दाल ,नुन ,तेल तथा साबुन परिवार अनुसार वितरण शुरु गरेको हो ।

Advertisement

Advertisement

वडा नम्बर २ ले साविक १,३ र ४ का जनतालाई राहत वितरण गरेको छ। २ नम्बर वडामा मात्रै ९ सय भन्दा बढी परिवार लाई राहत वितरण गर्न लागिएको वडा अध्यक्ष राजेन्द्र योङहाङ्ले जानकारी दिए। उनका अनुसार पुरानो वडाको हिसाले ३ तीन भित्रमा राहत वितरण भइ सक्ने छ।

उता वडा नम्बर ४ का १५७ परिवारलाई आजै घर घरमा राहत वितरण गर्ने काम सकिएको छ। पहिलो चरणमा अति विपन्न १५७ परिवारलाई राहत वितरण गरिएको वडा सदस्य महेसलाल मेचेले जानकारी दिए ।

वडा अध्यक्ष होम प्रसाद चुडालको नेतृत्वमा सदस्य हरु महेसलाल मेचे,गिता भण्डारी ,केदार उप्रेती ,पवित्रा सेन्चुरी ,वडा सचीव जय पोख्रेल ,स्थानीय समाजसेवी चिरञ्जीवी पौडेल ,जलथल प्रहरी चौकी तथा ससस्त्र प्रहरी समेतको सहयोगमा घर घरमै राहत पुर्याउने काम गरिएको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)