विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा अन्तर्राष्ट्रिय नेप्लिज रक्तदाता संघले रक्तदानको क्षेत्रमा काम गर्ने सस्था तथा व्यक्तिलाई विभिन्न बिधामा अवार्डबाट संमान गरेको छ । भचुलर माध्यम बाट भएको कार्यक्रममा inbda ले प्रदान गर्ने ६ बिदाको अवार्डको घोषणा गरिएको थियोे ।
संचारकर्मी तथा शतक रक्तदाता नेत्र बिक्रमी, नेपाल र शतक रक्तदाता डाक्टर सन्देश पन्त, अस्ट्रेलियालाई यो बर्षको ” regular blood donor motivation award ” बाट सम्मानित हुनु भएको छ ।
त्यस्तै अवार्डबाट सम्मानित हुने सस्था तथा व्यक्ति हरुमा – Best NBDA Activities Award – Nepalese Blood Donors Association Kuwait ,Best Community Organization for Blood Donation Program Award – Nepalese Blood Donors Association Australia  ,Best NBDA Startup Activities Award – Nepalese Blood Donors Association France ,  NBDA President Leadership Award – Mr. Suresh Gautam (Nepalese Blood Donors Association Canada) , Publicity of Blood Donation Motivation Award – Mr. Mohan Adhikary (Nepal) , INBDA,Regular Blood Donor Motivation Award – 1. Mr. Netra Bikram Bimali (Nepal – 107 Times) 2. Dr. Sandesh Panta (Australia – 121 Times) 
INBDA का केन्द्रिय अध्यक्ष अजय सत्यालको सभापतित्वमा भएको अवार्ड घोषणा कार्यक्रमलाई अध्यक्ष सत्याल, स्वास्थ्य विद मन्जु कर्मचार्य उपाध्यक्ष एभरेस्ट गौतम,बिनोद भट्टराईले रगतको क्षेत्रमा काम गर्नु पर्ने कारण ,रगतको आवस्यकता र युवाहरूलाई सहभागिता गराउन खेल्नु पर्ने भुमिकाको बारेमा आ आफ्नो बिचार राख्नु भएको थियो ।
अवार्ड अवार्ड घोषणा कार्यक्रममा बिस्वका रक्तदानको क्षेत्रमा काम गर्ने १५ मुलुकका ३० भन्दा बढी रक्तदान अभियान्ताहरुको सह्भागिता रहेको सस्थाका महासचिव राहुल रेग्मीले बताउनु भएको छ ।
अमेरिकामा केन्द्रिय कार्यालय रहेको inbda का १० मुलुकमा भगिनी सस्थाहरु रहेका छ्न भने ३० भन्दा बढी मुलुकमा २५ हजार भन्दा बढी रक्तदाता आवद्ध रहेको जनाइएको छ । नेपालमा रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने उदेश्यले स्थापना भएको सस्थाले विश्व भरी नेपाली समाजलाई रक्तदान कार्यक्रममा सह्भागिता गराउदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार