कृष्ण गिरि : माल्टा – गैह्र आवासीय नेपाली संघ (NRNA),राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागी निर्बाचन सम्पन्न भएको छ। साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल ३३८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् l
त्यस्तै बरिष्ठ उपाध्यक्षमा नबिन गिरी,उपाध्यक्षमा नरेश खनाल,कृष्ण बहादुर पुन,महिला उपाध्यक्ष सबिता भण्डारी,युबा उपाध्यक्षमा रोहित गौतम,महासचिवमा रोशन गिरी,सचिबमा कुलचन्द्र गौतम,रामु भण्डारी,कोषाध्यक्षमा मनोज उपाध्याय,युवा संयोजकमा रोशन आचार्य,महिला संयोजकमा बबिता अधिकारी सदस्यहरुमा ओमलाल पाण्डे,ईशु थापा,जनक श्रेष्ठ,बिकेश घिमिरे,सुनिल राणामगर र रञ्जित गिरी निर्वाचित भएका छन्।
त्यस्तै सहकोषाध्यक्ष बिजय परियार निर्विरोध चयन भएका थिए। कुल ७५८ जना मतदातामध्ये ६६९ सहभागि भएको उत्त मतदानमा सबैभन्दा धेरै ३८६ मत बरिष्ठ उपाध्यक्ष नबिन गिरीले ल्याएका थिए । हल्दिवारी गाउँपालिका -३ का नवीन गिरि माल्टामा सामाजिक गतिविधिमा सक्रिय युवाहरुमा चिर- परिचीत छ्न ।

















