हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीकै इतिहासको साक्षी ,पुरातत्त्व बोकेको पाराखोपीको नवदुर्गा मन्दिर !

हल्दिवारी कार्तिक ८ हल्दिवारी गाउँपालिको पुरानो नवदुर्गा मन्दिर पारखोपिलाई दाताहरुको सहयोगमा बनाउने काम अन्तिम अवस्थामा पुगेको मन्दिर समितिका अध्यक्ष कुमार भण्डारीले जानकारी दिएका छन् ।

Advertisement

हल्दिवारीकै ईतिहास बोकेको नवदुर्गा मन्दिर रहेको ठाउँमा आज भन्दा ९० वर्ष अगाडि देखि पुजाआजा गर्ने गरेको स्थानिय समाजसेवि बृर्ख बाहदुर कार्कि बताउछन् । उनका अनुसार घना जङ्गल भएको अवस्थामा त्यहाका आदिबासि राजवंसी तथा सन्थाल समुदायले पुजाआजा गर्न थालिएको परमपरालाई आज सम्म सबै समुदायको आस्थाकाे केन्द्रको रु्पमा  नवदुर्गाको विषेश पुजाआजा गर्ने गरिएको छ ।

Advertisement

हल्दिवारीका इतिहासका जानकार ईश्वरी दाहालका अनुसार अहिले रहेको नवदुर्गा मन्दिर भएको ठाउँमा एक जना ओलि थरका साधुले सपनामा देविको दर्शन पाएपछि उक्त स्थानमा साधुकै अनुरोधमा पुजाआजा सुरु गरिएको पुराना स्थानिय व्यक्ति बाट थाहाभएको बताउछन् । उनका अनुसार तत्कालिन हल्दिवारी गाउँ पंचायतका प्रधान पंच स्व.ईन्द्र बाहदुर सापकोटाले २०१८ साल देखि वार्षिक पुजा दशैँमा सुरु गराएका हुन् ।

पहिले पहिले पाराखोपिमा ४ दिन सम्म मेला लाग्ने गरेकामा हाल आएर टिकाको पर्सि पल्ट १ दिन लगाउने गरेको छ । मन्दिर भएको ठाउँमा २०१९-२० तिर समाजसेवि स्व. ईद्र बहादुर कार्किले मन्दिर बनाई दिएको स्थानिय समाजसेवि चन्द्र बहादुर कार्कि बताउछन् ।

हल्दिवारी गाउँपालिकाकै पुरातत्व बोकेको नवदुर्गा मन्दिर पाराखोपिलाई जिणं अवस्था बाट २ तले मन्दिरको रुपमा बैदेशिक रोजगार ( कोरिया ) बाट फर्किएका युवा कुमार भण्डारी , स्थानिय समाजसेवि पर्शुराम बजगाई र धनलाल राजवंशिको महत्वपुर्ण भुमिका रहेको छ ।

अबको १ वर्ष भित्रमा मन्दिरको सबै काम सकिने गरी भण्डारीको नेतृत्वमा काम भईरहेको देख्न सकिन्छ । दाताहरुबाटै प्राप्त सहयोगले धामिर्क आस्थाको केन्द्र हल्दिवारी – २ मा रहेको नवदुर्गा मन्दिरलाई स्थानिय सरकारले बार्षिक रुपमा २०-२५ हजार सहयोग दिदै आएको छ भने देविको सिंहर्ममर मुर्ति बनाउनको लागि वंडाले २०७७-७८ को बजेट मार्फत २ लाख दिने वंडा अध्यक्ष राजेन्द्र योङहाङले घोषणा गरेको समितिका अध्यक्ष भण्डारी बताउछन् ।

उनका अनुसार १५ लाख रुपैँयाले मन्दिर पुर्ण गर्न सकिने र आउदो २०७८ सालको दशैँ सम्ममा सबै काम पुरा गर्ने लक्ष्यका साथ आफु र आफनो टिम लागि परेको हल्दिवारी डटकम सँगको कुराकानिमा बताएका छन् ।

 

फोटो : अनिस पौडेल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)