हल्दीबारी गाउँपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको शोकमा आज मङ्गलबार पालिकाले शोक बिदा दिएको छ।
पालिकाको पशु सेवा शाखामा कार्यरत ५७ वर्षीय सज्जन चौधरीको उपचारका क्रममा सोमबार निधन भएको हो।
विगत ८ वर्षदेखि हल्दीबारी गाउँपालिकाको पशु शाखामा कार्यरत चौधरी सरल स्वभावका कर्मचारीका रूपमा परिचित थिए ।
विज्ञापन (Advertisement)


विरामी भएपछि उनलाई उपचारका लागि भारतको सिलगुडी लगिएको थियो। त्यहीँ उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।
मृतक चौधरीको पार्थिव शरीरको आज अन्तिम दाहसंस्कार गरिने बताइएको छ।