झापा । हल्दीबारी जेसीजको प्रथम शाखा अधिवेशन शाखाकी अध्यक्ष युनिता दवाडीको अध्यक्षतामा सम्पन्न भएको छ।

अधिवेशनबाट नितेश खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नव–निर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षद्वयमा मिलन विश्वकर्मा र प्रायुष पौडेल चयन भएका छन्। यस्तै, उपाध्यक्षहरूमा कमला मैनाली, भरत ढकाल, जय प्रकाश दाहाल र दिल कुमार राजवंशी रहेका छन्। सचिवमा मन्दिरा घिमिरे, शाखा सम्पादकमा नवीन कुमार भट्टराई, जनसम्पर्क अधिकारीमा बि. पी. कोइराला तथा तालिम निर्देशकमा भुवन शाहा (पंकज) चयन भएका छन्।

अधिवेशनको उद्घाटन समारोहमा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिहरूमा हल्दीबारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुकलाल राजवंशी तथा वडा नं. ४ का वडाध्यक्ष सन्तोष थापा रहेका थिए।

निर्वाचन अधिकृतका रूपमा मातृशाखा चारआली जेसीज २०२५ का अध्यक्ष तथा नेपाल जेसीज २०२६ का राष्ट्रिय कोषाध्यक्ष जेसी सुजूप सुबेदी रहेका थिए। कार्यक्रममा मातृशाखा चारआली जेसीजका पूर्व अध्यक्षहरू उत्तम प्रसाद पकुवाल, दीपेन्द्र निरौला (विकास), संगीत शिवाकोटी तथा मातृशाखा चारआली जेसीज २०२६ का नव–निर्वाचित अध्यक्ष सञ्जय निरौलालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अध्यक्ष सल्लाहकार हिमा पौड्याल, प्रमुख बोर्ड सल्लाहकार कुसब मैनाली, हल्दीबारी जेसीजका कार्यसमिति सदस्यहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नव–निर्वाचित अध्यक्ष खरेलले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र स्थानीय विकासका गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार