स्वास्थ्य
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी :ढडुवा युवा क्लब परिवारद्वारा भव्य रक्तदान कार्यक्रम सम्पन्न, ३५ जनाले गरे रक्तदान

हल्दिबारी — सामुदायिक सेवा र मानवताको भावना जगाउने उद्देश्यका साथ हल्दिबारी गाउँपालिका–३ मा ढडुवा युवा क्लब परिवारले भव्य रक्तदान कार्यक्रम आयोजना गरेको छ। क्रियाशील संघ–संस्था तथा सामाजिक व्यक्तित्वहरूको सहयोगमा सम्पन्न सो कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता देखिएको थियो।

वडा अध्यक्ष विष्णु प्रसाद ओलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रेडक्रस जलथलका अध्यक्ष रेम खरेल, रेडक्रस हल्दिबारीका सचिव कृष्ण प्रसाई, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, जेसिज हल्दिबारीकी अध्यक्ष युनिता दवाडी, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्य लगायतका सामाजिक व्यक्तित्व, रेडक्रसकर्मी तथा रक्तदाताहरू उपस्थित थिए।

विज्ञापन (Advertisement)Advertisement

हल्दिबारी वडा नं.–३ वडा कार्यालयको समन्वय, क्रियाशील संघ–संस्थाको सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३ जना महिला र ३२ जना पुरुष गरी कुल ३५ जनाले रक्तदान गरेका छन्। क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले नियमित रक्तदान गतिविधिमार्फत समाजमा ‘रगत जीवन हो’ भन्ने सन्देश फैलाउने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रम औपचारिक भाषण र मन्तव्यविना नै सम्पन्न भएको थियो। स्थानीय युवाको सक्रियता र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको यस रक्तदान कार्यक्रमले ढडुवा क्षेत्रमै मानवीय सेवाको नयाँ ऊर्जा भरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रम क्लबका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सुरु भएको थियो भने सञ्चालन तथा सहजीकरण सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)