समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हल्दीबारीमा उदाहरण बन्दै चन्द्रकला राई र दुर्गा अधिकारी

नेत्रविक्रम बिमली । हल्दीबारी गाउँपालिका की चन्द्रकला राई र दुर्गा अधिकारी आज समाजका लागि प्रेरणादायी उदाहरण बनेका छन्। “के गरौँ?” भन्ने आँटका साथ उनीहरूले सुरु गरेको ब्याग मर्मत तथा सिलाइ व्यवसाय अहिले हल्दीबारीका धेरै महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

उनीहरूले साइकल चढेर चन्द्रगढी पुगेर १० महिनासम्म ब्याग बनाउने तालिम लिए। त्यसपछि हल्दीबारी–४ मंगलबारे बजारमा व्यवसाय सुरु गरे। व्यवसाय सुरु गरेलगत्तै COVID‑19 को महामारीले डर र चुनौती थप्यो। तर त्यसले उनीहरूको उत्साह र मेहनतलाई रोक्न सकेन।

विज्ञापन (Advertisement)Advertisement

महामारीका बीच पनि उनीहरूले पुराना ब्याग मर्मत गर्ने, नयाँ ब्याग बनाउने, बालबालिका तथा महिला दिदीबहिनीका कपडा सिलाउने काम निरन्तर गर्दै गए। उनीहरूको निरन्तर मेहनत र लगनशीलताले आज उनीहरूलाई सफल महिला व्यवसायीको रूपमा हल्दीबारीमा चिनाएको छ।

करिब दुई लाख रुपैयाँबाट साझेदारीमा सुरु गरिएको व्यवसाय अहिले बढेर १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा पुगेको छ। राज्यको विशेष सहयोग वा ध्यान नपुगे पनि उनीहरू आफ्नै मेहनत र विश्वासका आधारमा निरन्तर अघि बढिरहेका छन्।

उनीहरूको सफलतामा श्रीमानहरूको साथ पनि उत्तिकै महत्वपूर्ण रहेको छ। कामबाट थकित भएर घर फर्कँदा, करिब एक किलोमिटर टाढा भए पनि श्रीमानहरूले तातो खाना बनाएर पर्खिरहेको देख्दा उनीहरू अझ खुसी हुन्छन्। चन्द्रकलाका एक छोरा छन् भने दुर्गाका दुई छोरा छन्।
बिहान ८–९ बजेदेखि सुरु हुने काम कहिलेकाहीँ राति १२–१ बजेसम्म चल्छ। यति व्यस्तता हुँदाहुँदै पनि उनीहरू आफ्नो पेशाप्रति समर्पित छन्। आफ्नै परिवारभित्र पनि कहिलेकाहीँ काम गर्न सहज नहुने अवस्थामा उनीहरूबीच कुनै असमझदारी वा अविश्वास देखिँदैन।

उनीहरू भन्छन्, “हाम्रो सबैभन्दा ठूलो सम्पत्ति भनेको हाम्रो मिहिनेत, हाम्रो परिवार र हाम्रो विश्वास हो।”

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)