हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दीबारी रास्वपाको सभापतिमा राई , मंगलबारदेखि हस्ताक्षर अभियान सुरु

झापा, हल्दीबारी । हल्दीबारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गाउँ समिति गठन गरिएको छ। आज पार्टीका जेष्ठ सदस्य भवानी प्रसाद बजगाईंको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय गाउँ समिति चयन गरेको हो।

Advertisement

पार्टीका जिल्ला सदस्य डील्ली न्यौपानेका अनुसार हल्दीबारी–५ का ओमराज राईको नेतृत्वमा नयाँ गाउँ समिति बनेको छ।

Advertisement

बैठकले यही आउँदो साउन २७ गते मंगलबारदेखि पार्टीको नीति तथा कार्यक्रम अनुसारको हस्ताक्षर अभियान सुरु गर्ने निर्णय गरेको छ। अभियानको प्रारम्भ मंगलबारे बजारबाट हुने जनाइएको छ।

यसअघि भोलि शनिबारका लागि तय गरिएको अभियान जनै पूर्णिमालाई मध्यनजर गर्दै सारिएको सभापति राईले जानकारी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)