हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

हल्दीबारीमा सार्वजनिक सुनवाई:”स्थानीय आक्रोशबीच ठेकेदारले गर्‍यो सडक चैत्र मसान्तमै सक्ने आश्वासन”

झापा । मेची राजमार्गसँग जोडिने झापाको एक महत्वपूर्ण सडक निर्माण काम ठेक्का सम्झौता भएको सात वर्ष पुग्न लाग्दा पनि अझै अधुरै छ।

Advertisement

बागडगी–सितागढी हुँदै बालिवाडी–हल्दीबारीमार्ग भएर बिर्तामोडसम्म जोड्ने सो सडकको निर्माणबारे आइतबार हल्दीबारी गाउँपालिका–४, मंगलबारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो।

Advertisement

कार्यक्रममा स्थानीयले निर्माणमा भएको ढिलाइ र गुणस्तरबारे गुनासो गर्दै ठेकेदार कम्पनीलाई जवाफदेही बनाउन दबाब दिएका थिए। सो अवसरमा कम्पनीका प्रतिनिधिले अब कामलाई तीव्रगतिमा अघि बढाउँदै आगामी चैत्र मसान्तभित्र सडक सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशी, संविधानसभा सदस्य पूर्णप्रसाद राजवंशी, प्रदेश सभा सदस्य मोहन मर्जन, छविलाल चुडाल र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेनसहितका जनप्रतिनिधि उपस्थित कार्यक्रममा कम्पनीले मन्त्रालयले तयार पारेको माइनोटमा हस्ताक्षर गर्दै तोकिएको म्यादभित्र काम नसके कारबाही स्वीकार गर्ने घोषणा गरेको हो।

सुनुवाइका क्रममा अहिलेसम्म करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको तर कम्पनीले १० करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको जानकारी दिइएको थियो।

झण्डै १५.३१ किलोमिटर लम्बाइ र ५.५ मिटर चौडाइ हुने उक्त सडक निर्माणका लागि एम/एस धुकुछु–विकास–भुवनेश्वर जेभी, काठमाडौंसँग करिब ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

मन्त्री तथा सरोकारवालाले ठेकेदारको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै आवश्यक कारबाही गर्नुपर्ने धारणा राखे। स्थानीयवासीहरूले भने निर्माणमा ढिलाइका कारण दैनिक जीवनमा परेको कठिनाइ सुनाउँदै तत्कालै कदम चाल्न माग गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)