समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

हल्दीबारीमा १३० युनिट रगत सङ्कलन

झापा ।झापाको हल्दीबारी गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा जम्मा १३० युनिट रगत सङ्कलन गरिएको छ।

गाउँपालिकाको वडा नं. ४, मङ्गलबारे बजारमा आयोजित कार्यक्रममा ८० जनाले र वडा नं. २, पाराखोपी बजारमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।

विज्ञापन (Advertisement)Advertisement

मङ्गलबारे बजारमा भएको कार्यक्रमका सहजकर्ता व्यवसायी धर्मराज काफ्ले (बाबा) ले रक्तदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

त्यस्तै पाराखोपी बजारमा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घ हल्दीबारीका अध्यक्ष सुमन मैनालीले सहभागीता र योगदानका लागि धन्यवाद व्यक्त गरेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)