हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हिन्दु एकताको लागि अभियान

बिर्तामोड । बिर्तामोड बिराटपोखर स्थित बिश्व हिन्दु महासंघ.झापाको सभा हलमा राष्ट्रिय एकता अभियान झापा जिल्ला समितिको आयोजनामा नेपाली संकृति र बिकास क्षेत्रमा नेपाल भारत सहकार्य बिषयक बिचार गोष्ठी हिजाे फागुन २ गते सम्पन्न भएकाे छ । उक्त गोष्ठीको अध्यक्षता राएअ झापा जिल्ला अध्यक्ष मनी कुमार राई ,स्वागत मन्तब्य तारा राजबंशी र उदघोषण देवेन्द्रकिशोर ढुंगानाले गर्नुभएको थियोे।

Advertisement

प्रमुख अतिथि राएअ केन्द्रिय उपाध्यक्ष सुनिता शाह बिशिस्ट अतिथिहरु पुनमदेवी सिह(मुखिया दिघलबैक पन्चायत किशनगन्ज जिल्ला) गणेश सिह(नेता बजरङ्ग दल किशनगन्ज जिल्ला समिति) राजकुमार गुप्ता( पत्रकार दैनिक जागरण किशनगन्ज जिल्ला) अतिथिहर दयानन्द गोश्वामी सूर्य नारायण गणेश ,मोहित लाल कामती, हर्क लाल राजबंशी फुलसिह राजबंशी त्रिनारायण राजबंशी द्रौपद्री गणेश शिव आचार्य कुमार थापा हुनुहुन्थ्यो।अतिथी वक्ताहरुले नेपाली संस्कृति बचाउन र नेपालको आर्थिक बिकाशमा भारतले रचनात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नु हुदै सनातन संस्कृतिलाई सबै मिलेर जगेर्ना गर्नुपर्ने बताउनुभयो।

Advertisement

कार्यक्रममा बिशेष अतिथिव्दय बिश्ब हिन्दु महासंघ झापाका अध्यक्ष मोहन उप्रेती ,बिश्ब हिन्दु परिषद नेपाल झापाका अध्यक्ष होमनाथ ढुंगेल,प्रमुख अतिथि राएअका राष्ट्रिय उपाध्यक्ष सुनिता साहले हिन्दुहरु जातिय भाबना त्यागेर धार्मिक रुपबाट संठित नहुञ्जेलसम्म बाह्य हस्तक्षेपको अन्त्य नहुने हुदा हिन्दु रक्षार्थ सबै हिन्दुहरु बीच एअता आबश्यक रहेको बिचार ब्यक्त गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)