हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

५० लाख बढी ठगी गर्ने सुनसरीकी युवती पक्राउ

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ। गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख गएकी इटहरी उपमहानगरपालिका ४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो।

Advertisement

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिइओ) बताउँदै कोरोना महामारीमा दैलेखमा राहत वितरण गर्ने र आफूलाई अमेरिकाको लागि भिसा पनि लागेकाले ८(१० जना लान सकिने भन्दै ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा उनलाई गरिएको प्रहरीले जनाएको छ। उनले अमेरिका पठाइदिने भन्दै नारायण नगरपालिका १ नयाँ बजारका मनोज थापाको ९० हजार, सोहि वडा बस्ने विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

Advertisement

प्रहरीका अनुसार यही पुस ९ गते ठगी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको र जिल्ला अदालत दैलेखको पक्राउ अनुमति बमोजिम महानगरीय प्रहरी परिसर टेकु काठमाडौंसँग समन्वयमा प्रक्राउ गरी दैलेख उपस्थित गराइएको जनाएको छ।

प्रक्राउ परेकी उनलाई पुस २१ गते देखी लागू हुने गरी जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। गत असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन्।-दिनेश कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)