हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

६ बर्षकै उमेरमा सिक्स प्याक बनाएसँगै यी बालकको चर्चा विश्वभर

एजेन्सी । ईरानको बाबोल शहरका ६ वर्षका एक बालक अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । आरत होसैनी नाम गरेका बालक बहुप्रतिभाषाली छन् ।९ महिनाको उमेरमा नै जिमनास्टिक थालेका आरतले दुई बर्षको उमेरसम्म आइपुग्दा नै अन्र्तराष्ट्रिय चर्चा कमाएपछि उनी लगातार भाइरल बनिरहेका छन् ।

Advertisement

सन् २०१३ सेटेक्बर ३० मा जन्मिएका उनले ६ बर्षकै उमेरमा सिक्स प्याक बनाएसँगै यी बालकको चर्चा विश्वभर छ । आरत होसैनीको इन्स्टाग्राममा उनको ४२ लाख भन्दा बढि फलोअर्स छन् ।

Advertisement

यति मात्र होइन उनको एक पोष्टमा लाखौ लाइक आउने गरेको ईरानका समाचार एजेन्सीहरुले जनाएका छन् । उनले लिभरपुल एकेडमीमा स्पोर्ट्स ट्रेनिग लिइरहेका छन् । आरतको चर्चा र उपलब्धिका पछाडी उनका बाबुको मुख्य हात रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)