हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अख्तियारको प्रमुख आयुक्त नियुक्तिमा असन्तुष्टि देखाउँदै आयुक्त जोशीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर गणेशराज जोशीले राजीनामा दिएका छन्। आयुक्त जोशीले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन्।

Advertisement

‘उहाँले आज राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउनु भएको छ,’ राष्ट्रपति कार्यालयका सहसचिव जगन्नाथ पन्तले भने। संवैधानिक परिषद्को निर्णय अनुसार आज आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईले सपथ लिएका छन्। राईको नियुक्ति निश्चित भएलगतै आयुक्त जोशीले राजीनामा दिने तयारी गरेका थिए।

Advertisement

आफूभन्दा कनिष्ठलाई प्रमुख आयुक्त बनाएको अनसन्तुष्टि व्यक्त गर्दै आयुक्त जोशीले राजीनामा दिएका हुन्। २०७१ चैतमा अख्तियारको आयुक्तमा नियुक्त भएका जोशीले चैत १९ गते अवकाश पाउँदै थिए। ६ वर्षे कार्यावधि सक्काउन दुई महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनी प्रमुख आयुक्त रिक्त हुँदा कार्यबहाक आयुक्त समेत थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)