हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल,बंगलादेशसँग नेपाल स्तब्ध

 सम्वाददाता-  भद्रपुर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपाल बंगलादेशसँग स्तब्ध भएकाे छ ।

Advertisement

शुक्रबार साँझ नेपाल बंगलादेशसँग २-० गोलले स्तब्ध भएकाे हो । बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा भएकाे खेलमा बंगलादेशलाई जिताउन नविन नवज जीवन र महबुबुर रहमानले समान १-१ गोल गरे ।

Advertisement

खेलकाे ११औं मिनेटमा बंगलादेशका मोहम्मद नविब नवज जीवनले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाए । खेलकाे २६औं मिनेटमा नेपालका गोलरक्षक किरण चेमजोङले उत्कृष्ट बचाउ गर्दै बंगलादेशलाई अग्रता दोब्बर बनाउनबाट बचाएका थिए ।

खेलकाे ४२औं मिनेटमा विक्रम लामा घाइते भएपछि उनकाे स्थानमा एरिक विष्ट मैदान प्रवेश गरेका थिए । खेलकाे ७९औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै बंगलादेशलाई २-० गोलले जिताए । मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)