हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अन्तर कर्मचारी ब्याडमिन्टनमा रमेश र श्वेता प्रथम

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। दोश्रो अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगीताको शनिवार भएको फाइनल खेलमा पुरुष तर्फ रमेश राई, महिला तर्फ श्वेता राई प्रथम भएका छन् । उत्कृष्ट खेलाडिको उपाधि रमेश र लक्ष्मी तामाङ घोषित भए । प्रतियोगीता धरान उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको हो ।

Advertisement

प्रतियोगिताको समापनको अवसरमा आयोजित समारोहका विच मेयर तिलक राईले विजयी खेलाडिहरु लाई पुरस्कार तथा ट्रफि, प्रमाणपत्र प्रदान गरे । प्रतियोगीतामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतिय राम माबो र चौथो चन्द्र प्रकाश खनाल भए । महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झना विक र चौथो मिनाकुलुङ भए । पुरुष र महिला विजेताहरु लाई प्रथम, द्धितिय, तृतिय र चौथो क्रमशः नगद पुरस्कार ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र, ट्रफि प्रदान गरिएको हो ।

Advertisement

उत्कृष्ट खेलाडीतर्फ रमेश राई र लक्ष्मी तामाङ लाई थप नगद १÷१ हजार रुपैयाँ प्रदान गरियो । प्रतियागितामा २८ पुरुष, २२ जना महिला कर्मचारी सहभागी थिए । उक्त अवसरमा मेयर राईले शरिरिक अवस्था स्वास्थ्य चुस्त दुरुस्त राख्न दैनिक व्यायामका लागि व्याडमिन्टन उत्कृष्ठ खेलकुद भएको बताए । उनले भने ‘दैनिक हल्का फुल्का कसरत गर्दा मात्र पनि शारिरिक तन्दुरुस्ती कायम सघाउ पुग्छ, त्यस कारण व्यायमको माध्यम व्याडमिन्टन उपयुक्त छ ।’

खेलकुद विकास समिति संयोजक सुवास राईको सभापतित्वमा भएको समापन कार्यक्रमा उपमहानगरपालिका सल्लाहकार सदस्य अनिल श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख रामचन्द्र कार्की, धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, जेनिथ स्कुलका प्रिन्सिपल सुमन जबेगुले पुरस्कार वितरण गरेका थिए । सामान्य प्रशासन वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार उपमहानगरपालिको वर्सेन प्रतियोगीता आयोजना गर्दै आएको बताए । प्रतियोगीता धरान–१३ स्थित जनपथ विद्यालयको व्याडमिन्टन कोर्टमा भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)