समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

अपाङ्गता भएका व्यक्तिको आत्मनिर्भरता प्रवर्द्धनमा कचनकवल गाउँपालिकाको पहल

कचनकवल । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत कचनकवल गाउँपालिका वडा नं. ६ निवासी अपाङ्गता भएका व्यक्ति हिरामणि निरौलालाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले पेन्टिङ मेसिन उपलब्ध गराएको छ।

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले उक्त सामग्री निरौलालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक सशक्तीकरणमा जोड दिने नीति अनुरूप सामग्री वितरण गरिएको उपाध्यक्ष भट्टराईले बताउनुभयो।

विज्ञापन (Advertisement)Advertisement

पेन्टिङ मेसिनको उपलब्धताले निरौलाको सीप विकाससँगै रोजगारी तथा आम्दानीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ। साथै, गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन सीपमूलक तथा सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यस अवसरमा गाउँपालिका परिवारले हिरामणि निरौलाको आगामी जीवन अझ उज्ज्वल, आत्मनिर्भर र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)