हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या ६०० नाघ्यो

काठमाडौं । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीका अनुसार, पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ६०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सयौँ घाइते भएका छन् भने ठूलो मात्रामा घरहरू ध्वस्त भएका छन्।

Advertisement

कानीले सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै कुनार र नान्गारहार प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्प तथा त्यसपछिका पराकम्पनले व्यापक विनाश गरेको बताए।

Advertisement

उनका अनुसार कुनार प्रान्तमा मात्र ६१० जनाको मृत्यु भएको छ भने १,३०० भन्दा बढी घाइते भएका छन्। नान्गारहारमा १२ जनाको मृत्यु भएको र करिब २५५ जना घाइते भएको पुष्टि भएको छ। दर्जनौं घरहरू क्षतिग्रस्त भएका छन्।

सरकारले तत्काल उद्धार र राहत कार्य अघि बढाउने जनाएको छ। कानीका अनुसार गृह मन्त्रालयले प्रान्तीय गभर्नरहरू र प्रहरी कमाण्डरहरूलाई प्रभावित क्षेत्रमा तत्काल पुग्न निर्देशन दिएको छ।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका प्रवक्ता जबिउल्लाह मुजाहिदले राजधानी काबुललगायत नजिकका प्रान्तहरूबाट उद्धार टोलीहरू पूर्वी अफगानिस्तान पठाइएको जानकारी दिए। उनका अनुसार मानवीय र भौतिक क्षति दुवै ठूलो छ र उद्धार कार्य जारी छ।

स्थानीय सञ्चारमाध्यमहरूले प्रभावित क्षेत्र दुर्गम पहाडी भएको र सडक अवरुद्ध हुँदा उद्धारमा थप चुनौती देखिएको बताएका छन्। केही ठाउँमा पैदल मात्र पुग्न सकिने अवस्था छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)