हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अल्मुताइरले प्रशिक्षण छाडेका खेलाडीहरुलाई भने, म रहुन्जेल तिमीहरु अब कोही पनि राष्ट्रिय टोलीमा पर्दैनौ

राष्ट्रिय टिमको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरले प्रशिक्षण छाडेका खेलाडीहरुलाई युद्ध सुरु त गर्यौ अब म अन्त्य गर्छु भनेको बताइएको छ । अल्मुताइरले आफूहरुलाई ‘ तिमीहरूले युद्ध सुरु गर्‍यौँ म अन्त्य गर्छु’ भनेर धम्क्याएको भन्दै प्रशिक्षण छोडेका खेलाडीले पत्रकार सम्मेलन गरी विज्ञप्तिमा बताएका छन् ।

Advertisement

उक्त विज्ञप्तीमा अल्मुताइरले आफू रहुन्जेल तिमीहरु कोही पनि राष्ट्रिय टोलीमा नपर्ने समेत चेतावनी दिएका छन् । ‘उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो, उहाँले अन्त्यमा तिमीहरूले युद्ध सुरु गर्‍यौँ म अन्त्य गर्छु भन्नुभयो ।’ विज्ञप्तीमा भनिएको छ। प्रशिक्षण छाड्नुको कारण सार्वजनिक गर्दै गास र बासको सामान्य माग राख्दा अल्मुताइरले आफू रहुन्जेल सम्म कोहि पनि राष्ट्रिय टोलीमा नपर्ने चेतावनी दिएको बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)