हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आइपिएलमा सन्दीप बिकेनन्, ४० लाख मूल्य कसैले तिरेन

काठमाडौं, ६ फागुन । इन्डियन प्रिमियर लिग (आइपिएल ) क्रिकेटको १४ औं संस्करणमा कुनैपनि नेपाली खेलाडी नहुने भएका छन् । आइपिएलमा दिल्लीबाट दुईवटा सिजन खेलेकालाई कुनैपनि टोलीले नकिनेपछि आइपिएलमा नेपाली खेलाडी नहुने भएका हुन् ।

Advertisement

सन्दीपका लागि न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकिएपनि कसैले बोली लगाएनन् । उनी विगतमा आवद्ध भएको दिल्ली क्यापिटल्सले पनि बोली लगाएन ।

Advertisement

यसअघि प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिएर दिल्लीले तीन सिजन सन्दीपलाई अनुबन्धित गरेको थियो । यसपटक दिल्लीले उनलाई फुकुवा गरेपछि लिलामीका लागि नाम थियो ।

सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी तीन वर्ष आइपिएलमा आवद्ध भएर दुई सिजन खेले ।

यसपटक आइपिएलको अक्सनमा ८ जना नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीप लामिछाने मात्र परेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)