हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आईपीएलका लागि नाम दर्ता गराएका १५ नेपाली खेलाडी यी हुन् !

इन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल०को मेगा अक्सनका लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम नेपाल क्रिकेट सङ्घले शनिबार सार्वजनिक गरेको छ।

Advertisement

आईपीएलका लागि नेपालका तर्फबाट पवन सर्राफ, आशिफ शेख, सन्दीप जोरा, सुशन भारी, कुशल भुर्तेल, रोहित पौडेल, आरिफ शेख, अविनाश बोहोरा, सोमपाल कामी, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ।

Advertisement

मेगा अक्सन आउँदो फेब्रुअरीमा हुनेछ। आईपीएलमा यसपटक लखनउ र अहमदाबादका दुई टोली थपिएर टिमको संख्या १० पुगेको छ। नयाँ सिजनको आइपीएलका लागि अक्सनमा १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन्। जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन्। एसोसियट राष्ट्रबाट भने ४१ खेलाडीले नाम दर्ता गराएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)